२०८१ मंसिर ९, आईतबार
लुम्बिनी प्रदेशको गुल्मी र अर्घाखँची जिल्लामा लोकप्रिय रहेको सराँय नाच आज कोजाग्रत पूर्णिमाको दिन पारेर गैंडाकोटमा प्रदर्शन गर्न लागिएको गुल्मी अर्घाखाँची सम्पर्क समाज गैंडाकोटका अध्यक्ष गोविन्द घिमिरेले नवलपुर अनलाइनलाई बताउनुभयो।
सराय नाँच गैंडाकोट नगरपालिकाको वडा नं. ५ स्थित जनक माध्यमिक विद्यालयको प्राङ्गणमा दिउसो २ बजे सुरू हुनेछ।
गुल्मी अर्घाखाँची सम्पर्क समाज गैंडाकोटले वडादशैको अवसरमा ऐतिहासिक रूपमा प्रथम पटक गुल्मी अर्घाखाँचीमा अत्यन्त लोकप्रिय त्यहाँको संस्कृति झल्कने “संस्कृति जगेर्ना सराय नाच एवं चाडपर्व विशेष शुभकामना आदान प्रदान कार्यक्रम” गर्न लागेको हो।
पछिल्लो पुस्तालाई सराय नाँचको बारेमा जानकारी नै नभएको अवस्थामा गैंडाकोटमा आयोजना गरिएको सराय नाँच कार्यक्रमले पछिल्लो पुस्तालाई यसको महत्व र कसरी खेल्ने भन्ने कौतुहलता पुरा गर्नेछ गुल्मी अर्घाखाँची सम्पर्क समाज गैंडाकोटका सचिव इश्वरी प्रसाद घिमिरेले बताउनुभयो।
गुल्मी अर्घाखाँची सम्पर्क समाज गैडाकोटका आजीवन सदस्य,साधारण सदस्य,सल्लाहकार,विभिन्न उपसमिति सदस्य, वडा संयोजक तथा सदस्यहरू,लेखा संयोजक तथा सदस्य हरू, सम्पुर्ण गुल्मी अर्घाखाँचीबाट गैडाकोटमा आई वसोवास गर्नुहुने सम्पूर्ण व्यक्तिहरू,कार्य समितिका पदाधिकारी एवं सदस्यज्युहरू एवं गैडाकोट नगरपालिकामा विभिन्न जिल्लाबाट आई वसोवास गर्ने आदरणीय सम्पुर्ण वुवाआमा दाजुभाइ दिदिवहिनीहरू वावुनानीहरू लगायत सम्पूर्ण गैंडाकोटवासीलाई बिशेष निमन्त्रणा गर्दै यो नौलो कार्यक्रम सराय नाँच हेरी मनोरञ्जन लिन,आफै खेल्न समेत विशेष आमन्त्रण गर्दछौ घिमिरे भन्नुभयो। यस अघि संस्थाले तीजको दरखाने कार्यक्रम तथा शुभकामना आदान प्रदान लगायतका कार्यक्रम गरेको थियो।
गुल्मी अर्घाखाँची र पाल्पा जिल्लामा निकै लोकप्रिय मानिने सराय असत्यमाथि सत्यको विजयकोउत्सवको रुपमा मनाइने प्रचलन रहेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे