२०८१ मंसिर ६, बिहिबार
गत असोज २३ गते राती नवलपरासी पश्चिम बर्दघाट नगरपालिका वडा नं. ०४ बाढिपिडित बस्ने राधा बगालेको घरमा कोहि नभएको अवस्थामा अज्ञात व्याक्तिहरुले मोवाइल सहित सुनका गरगहना चोरी गरेका थिए।
चोरीको आरोपमा इलाका प्रहरी कार्यालय बर्दघाटले वडा नं. ०४ बाढीपिडित बस्ने तिलक बहादुर थापा क्षेत्री र सोही स्थान बस्ने बिजय हरिजनलाई पक्राउ गरेको थियो।
तिलक थापा क्षेत्रीको साथबाट टेक्नो कम्पनीको मोवाईल थान १, नगद रु. ८२००/- र, ध २ प ६०६४ नं. को मोटरसाईकल समेत फेला पारेको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिनुभयो।
साथै वडा १ माकर बस्ने वर्ष २१ को अरुण बि.क. र वडा ९ सुखौरा भन्ने स्थानमा बस्ने वर्ष अं.३०/३५ को दिलसन क्षेत्री समेत भई दुईवटा मोटरसाईकलमा गई बगालेको घरमा कोही नभएको अवस्थामा ताला फोरी चोरी गरेको समेत स्वीकारेका छन्।
फरार रहेका अरुण वि.क. र दिलसन क्षेत्रीलाई खोजतलास गर्दा अरुण बि.क. लाई कात्तिक ९ गते बर्दघाट नगरपालिका वाड नं १ माकर स्थितमा फेला पारी खानतलासी गर्दा निजको साथ बाट लु ३४ प १४४० नं को मोटरसाईकल फेला परेको हुँदा रितपूर्वक बरामद गरी निजलाई तत्काल पक्राउ गरी निजहरु उपर चोरी मुद्दामा सम्मानित नवलपरासी जिल्ला अदालतबाट म्याद थप लिई अनुसन्धान कार्य भइरहेको थापाले बताउनुभयो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे