२०८१ कार्तिक २३, शुक्रबार
गोरखा जिल्ला आरुघाट गाउँपालिका–१ मान्बुका अन्दाजी ४०/४२ वर्षका राजबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। त्यसैगरी चितवन मेडिकल कलेज भरतपुरमा रहेको शिक्षण अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेकी अन्दाजी ४० वर्षकी महिलाको पनि मृत्यु भएको छ ।
उपचारका क्रममा अन्दाजी ३२ वर्षका पुरुष र ३५ वर्षका अर्को पुरुषको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । नाम ठेगाना नखुलिसकेका यी तीनैजना माइक्रोबसका यात्रुहरू रहेका छन्।
दुर्घटनामा घाइते भएकामध्ये थप दुई जनाको अवस्था गम्भीर रहेका छन् । मृत्यु हुने र गम्भीर घाइते हुने अधिकांक्क माइक्रोबसका यात्रुहरू रहेका छन् । बसमा सबार चार जना सामान्य घाइते भएका छन् ।
मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा प्र ०६–००१ज ०२९८ नम्बरको विद्युतीय माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा प्र ३–००१ ख २८१२ नम्बरको बस ठोक्किएको रिजालले बताए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे