२०८१ कार्तिक २९, बिहिबार
इमेज बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष नेपालीलाई सहकारी ठगीबारे अनुसन्धान गर्न पोखरा ल्याइएको हो ।
पोखरा र बागलुङमा एकै नाममा दुई सहकारी सञ्चालन गर्नुभएका नेपाली बागलुङको सहकारी ठगी अभियोगमा जिल्ला कारागार कास्कीका पुर्पक्षका लागि थुनामा हुनुहुन्छ । भारतको नयाँ दिल्लीबाट असोज १२ गते पक्राउ पर्नुभएका नेपालीलाई जिल्ला अदालत बागलुङले असोज १५ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
देवकुमार पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीका पूर्व अध्यक्षसमेत हुनुहुन्छ । नेपालीलाई सहकारी ठगी मुद्दामा अनुसन्धानका लागि पोखरा ल्याइएको कास्की प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिनुभयो ।
सूर्यदर्शनको नेतृत्व गर्न नपाएपछि इमेज सहकारी खोल्नुअघि नै रकम हिनामिना गरेको अभियोगमा कास्कीमा पनि उहाँविरुद्ध मुद्दा विचाराधीन छ । पोखराको इमेज सहकारीमा ६४ करोड ८८ लाख ६० हजार चारसय ८० रुपियाँ ठगीमा जिल्ला अदालत कास्की १५ जनाविरुद्ध दायर भएको मुद्दा अहिले विचाराधीन छ । इमेज सहकारी बागलुङमा करिब डेढ अर्ब अपचलन भएको छ ।
इमेज बचत तथा ऋण सहकारी बागलुङका संस्थापक अध्यक्षसमेत रहनुभएका नेपालीविरुद्ध २०८० जेठ २४ गते जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि फरार नेपालविरुद्ध गएको माघमा रेडकर्नर नोटिस जारी भएको थियो ।गोरखापत्रबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे