२०८१ मंसिर १९, बुधबार
कात्तिक ३० गते अर्थात् नोभेम्बर १५ शुक्रबारका दिन अर्थात आज मेला सुरू भएको ग्रेस इन्टरनेशनल चितवनका निर्देशक गणेश लामिछानेले जानकारी दिनुभयो ।
मेलामा आउने विद्यार्थीले आइएलटिएस र पिटीईका कक्षामा विशेष छुट पाउनेछन्। साथै भिसा प्रासेसिङ सुरु गर्ने विद्यार्थीका लागि पनि आकर्षक उपहारहरुको व्यवस्था गरिएको छ। शैक्षिक मेला नारायणगढको शहिद चोक स्थित ग्रेस इन्टरनेशनल चितवनको कार्यालयमा हुने बताईएको छ।
ग्रेस इन्टरनेशनल ग्रुपले देशका बिभिन्न शहरहरूमा ‘एडुभर्स २०२४’ शैक्षिक मेलाको आयोजना गर्दैछ। मेला नोभेम्बर ११ मा इटहरी, १३ मा काठमाडौं, १४ मा चितवनको पर्सा, १५ मा चितवनको नारायणघाट, १६ मा नवलपुरको कावासोती, १७ मा बुटवल, १८ मा दाङ, २० मा बागलुङ, र २१ मा पोखरामा शैक्षिक मेला सम्पन्न हुनेछ ।
मेलामा अस्ट्रेलिया, बेलायत, अमेरिका, न्यूजिल्याण्ड, क्यानडा, दुबई, दक्षिण कोरिया र युरोपका विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिहरुले विद्यार्थीहरुसँग प्रत्यक्ष भेटघाट र परामर्श दिने लामिछानेले जानकारी दिए । मेलामा विद्यार्थीहरुले २५ भन्दा बढी विदेशी शैक्षिक संस्थाका प्रतिनिधिहरुसँग प्रत्यक्ष भेटघाट गर्न र विदेश अध्ययनसम्बन्धी विस्तृत जानकारी लिन पाउने उनले जानकारी दिए । मेलामा विद्यार्थीहरुले स्पट एडमिसन, अधिकतम छात्रवृत्ति र अन्य विशेष अवसरहरु प्राप्त गर्न सक्ने उनको भनाइ छ । जसले गर्दा उनीहरुको विदेश अध्ययन प्रक्रियालाई सहज बनाउन महत्वपूर्ण भूमिका लामिछानेले बताए ।
मेलामा सहभागी भएर विद्यार्थीरुले आफ्ना रोजाईमा रहेका देशका प्रतिष्ठित विश्वविद्यालयहरु सँग प्रत्यक्ष रुपमा जानकारी लिन पाउनेछन् । साथै, परामर्शदाता र विश्वविद्यालयका प्रतिनिधिहरुसँग अन्तरक्रिया गरी अध्ययन गन्तव्य छान्न, आवेदन प्रक्रियाबारे बुझ्न र छात्रवृत्ति लाभ लिन सक्नेछन् । लामिछानेले विदेश अध्ययनमा रुचि राख्ने सम्पूर्ण विद्यार्थीहरुलाई यो अवसरको सदुपयोग गर्न आह्वान गरेका छन् ।
यस कार्यक्रमले विद्यार्थीहरुलाई आफ्नो अध्ययन गन्तव्य छान्न थप सहज बनाउने र आवश्यक परामर्श उपलब्ध गराउने लक्ष्य ग्रेस ग्रुपले लिएको छ ।
थप समाचार:
ग्रेस इन्टरनेशनल चितवनले कार्तिक ३० गते ‘एडुभर्स २०२४’ शैक्षिक मेला गर्दै
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे