२०८१ मंसिर ८, शनिबार
आयोगले आइतबार तय गरेको अन्तिम मतदाता नामावली अनुसार ३० वैशाखको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता रहेका छन्।
जसमध्ये ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला, र १८३ अन्य छन् ।
आयुक्त रामप्रसाद भण्डारीका अनुसार सबभन्दा बढी मतदाता मोरङमा ७ लाख १५ हजार २ सय २३ जना रहेका छन भने सबभन्दा कम मनाङमा ६ हजार ४ सय ९६ मतदाता छन् । पाँच बर्षको अवधीमा ३६ लाख ५९ हजार दुई सय ९९ मतदाता बढेको हो ।
आगामी स्थानीय तह निर्वाचनका लागि बैशाख ११ देखि १२ गतेसम्म उमेदवार मनोनयन पत्र दर्ता गर्ने, बैशाख १२ गते नै साँझ ५ बजेदेखि ६ बजेसम्म उमेदवारको सूची प्रकाशन गर्ने, बैशाख १३ गते बिहान १० बजेदेखि ५ बजेसम्म उमेदवारमाथिको दावी विरोधको समय तोकिएको छ।
यस्तै बैशाख १४ देखि १५ गतेसम्म मनोनयन पत्र जाँच गर्ने, बैशाख १५ गते उमेदवारको नामावली प्रकाशन गर्ने, बैशाख १६ गते उमेदवारले नाम फिर्ता लिने र १६ गते नै उम्मेदवारी अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । यस्तै बैशाख १७ गते उम्मेदवारलाई चुनाव चिन्ह दिने बैशाख ३० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे