२०८१ मंसिर ७, शुक्रबार
संशोधित कार्यविधि अनुसार चिकित्सा शिक्षाका विभिन्न तहका नतिजाको योग्यताक्रममा समावेश हुनका लागि न्यूनत्तम ५० औं पर्सेन्टाइल र सोभन्दा माथि रहेको हुनुपर्ने साथै सही उत्तरका लागि एक अंक प्राप्त हुने तथा प्रत्येक गलत उत्तरका लागि ०.२५ अंक घट्ने छ।
‘चिकित्सा शिक्षाका विभिन्न तहका एकीकृत प्रवेश परीक्षाको नतिजाको योग्यताक्रममा समावेश हुनका लागि न्यूनतम ५०औं पर्सेन्टाइल र सोभन्दा माथि रहेको हुनुपर्ने साथै प्रत्येक सही उत्तरका लागि एक अङ्क प्राप्त हुने तथा प्रत्येक गलत उत्तरका लागि ०.२५ अङ्क घटाइने छ।’ आयोगले भनेको छ।
आयोगले यही चैत १८, २० र २१ मा एकीकृत प्रवेश परीक्षा लिने कार्यतालिका सार्वजनिक गरेको छ। उक्त परीक्षामा पर्सेन्टाइल प्रणाली अनुसार नतिजा प्रकाशन गरिने छ। चैत १८, २० र २१ मा हुने प्रवेश परीक्षामा ३६ हजार विद्यार्थी सहभागी हुँदै छन्। गत वर्ष ३२ हजार विद्यार्थीले परीक्षा दिएका थिए। यस वर्ष चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहमा ८ हजार विद्यार्थीले मात्रै पढ्न पाउने गरी सिट संख्या तोकिएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे