२०८१ मंसिर १९, बुधबार
शुक्रबार साँझ ७:३० बजेको समयमा गैंडाकोट नगरपालिका १४ हात्तीसारबाट भेडाबारी तर्फ आउदै गरेको ना ५ त ७०९ नं.को ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।
ट्याक्टरमा सवार निम्न १२ जना व्यक्तीहरु घाईते भई १० जनाको नयाँ मेडिकल कलेज र २ जनाको एलाईभ अस्पताल, भरतपुर चितवनमा ,उपचार भईरहेको छ। घटनास्थलमा प्रहरी टोली खटी गई ट्याक्टर नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले बताएको छ।
घाईतेहरु:-
१. जिल्ला न.प.(पूर्व) गैडाकोट न.पा.-११ भेडाबारी बर्ष २४ बस्ने मनमाया सिंजाली मगरको च्यापुमा चोट, बेहोस, अवस्था सामान्य ।
२. ऐ.ऐ.बस्ने बर्ष ३४ को फत्ते बहादुर सुनारी मगरको निधार र दाँया कोखामा भित्री चोट, अवस्था सामान्य ।
३. ऐ.ऐ.बस्ने बर्ष ५५ कि क्षेमाया सिंजाली मगरको बाँया हातको पन्जामा चोट, अवस्था सामान्य ।
४. ऐ.ऐ.-१० पितौजी बस्ने बर्ष अ.६० को कर्मासिंह सारु मगरको टाउकोमा चोट, अवस्था मध्यम ।
५. ऐ.ऐ.-१२ मालपुर बस्ने बर्ष अ.९ कि संगिता आलेको ओठमा चोट, सामान्य ।
६. ऐ.ऐ.-१४ भागर बस्ने बर्ष अ.३४ को यम बहादुर बाँचे मगरको घुँडामा चोट, सामान्य ।
७. ऐ.ऐ.-१२ बस्ने बर्ष ३५ कि उदीमाया सारू मगरको गालामा चोट, सामान्य ।
८. ऐ.ऐ.-१२ मानपुर बस्ने बर्ष ४८ कि गौमाया आलेको गालामा चोट, सामान्य ।
९. ऐ.ऐ.-१२ बस्ने बर्ष ३७ कि शान्तामाया सुनारीको बाहिरी चोट नभएको, शरीरको भित्री भागमा चोट, सामान्य ।
१०. जिल्ला न.प.(पूर्व) कावासोती न.पा.-५ झ्यालबास बस्ने बर्ष २१ कि भविसरा सोमैको दाहिने हातमा चोट, सामान्य ।
११ जिल्ला न.प.(पूर्व) गैडाकोट न.पा.-१२ मालपुर बस्ने बर्ष अ.४० कि धन कुमारी थनेतको बाँया खुट्टाको घुँडा फ्याक्चर भएको, अवस्था मध्यम । १२.जिल्ला न.प.(पूर्व) हुप्सेकोट गा.पा.-४ झ्यालबास बस्ने बर्ष २९ कि आईती केरुङको सामान्य ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे