२०८१ मंसिर २०, बिहिबार
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाएर एक सय ४९ रनको योगफल बनायो । एक सय ५० रनको विजयी लक्ष्य काठमाडौँले १९ दशमलव तीन ओभरमा सात विकेट गुमाएर पूरा गर्यो । काठमाडौँ गुर्खाजका लागि सुमित महर्जनले अविजित ४० रन बनाए । उनले ३७ बल खेल्दै तीन चौका र एक छक्का हाने । यस्तै जेरार्ड एरास्मसले २८ बलमा ३८ रनको योगदान दिए । यसमा उनको तीन चौका र दुई छक्का सामेल थिए । यस्तै कप्तान करण केसीले १० बलमा दुई छक्का र दुई चौकाको मद्दतमा २८ रन बनाए । यसैगरी माइकल लेभिटले १९ बल खेल्दै दुई चौका र एक चौकासहित २२ रन बनाए ।
बलिङतर्फ कर्णाली याक्सका लागि सोमपाल कामी, नन्दन यादव, गुल्सन झा, जिशन मक्सुद र विपिन शर्माले एक एक विकेट लिए ।
यसअघि कर्णाली याक्सका लागि एक सय ४९ रनको योगफल बनाउने क्रममा शिखर धवनले अद्र्धशतकीय पारी खेले । उनले ५१ बलमा चार चौका र पाँच छक्काको मद्दतमा अविजित ७२ रनको योगदान दिए । यसैगरी चाल्डिक वाल्टनले १५ बलमा पाँच चौकाको सहयोगमा २१, बाबर हायातले १८ बलमा १३ रन, गुलशन झाले १९ बलमा एक चौकाको मद्दतमा १२ तथा जिशन मक्सुदले ११ बल खेल्दै एक चौकाको सहयोगमा १४ रन बनाए ।
बलिङतर्फ काठमाडौँका लागि जेहार्ड एरास्मसले दुई तथा नाथन स्वटर, दीपेश कँडेल र कप्तान करण केसीले एक एक विकेट लिए । काठमाडौँले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । आजै अर्को खेल लुम्बिनी लायन्स र विराटनगर किङ्ग्सबीच हुँदैछ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे