२०८१ फागुन २७, मंगलबार
हिमपातसँगै बढेको चिसोले अपिहिमाल क्षेत्रको जनजीवन प्रभावित भएको अपिहिमाल गाउँपालिकाका स्थानीय बालमती बोहराले जानकारी दिनुभयो । हिमपातपछि हिमाली र उच्च पहाडी क्षेत्रका बस्तीमा चिसो ह्वात्तै बढेको उहाँले बताउनुभयो । सदरमुकाम खलंगासहित विभिन्न स्थानमा हल्का वर्षा समेत भइरहेकोले जिल्लाभरी चिसो बढेको छ ।
त्यस्तै हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । सोमबार बिहानसम्म सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायतका क्षेत्रमा एक फिट हिउँ जमेको लिमी स्वास्थ्यचौकीमा कार्यरत लोग बोहराले बताउनुभयो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे