२०८१ पौष १४, आईतबार
काठमाडौं । भारतको उत्तर प्रदेश राज्यको सुल्तानपुरस्थित एक अस्पतालका हार्थोपेडिक विशेषज्ञको चरम लापरबाही बाहिर आएकोछ ।
डाक्टरले वृद्धाको भाँचिएको खुट्टाको शल्यक्रिया गर्नुको सट्टा अर्को खुट्टाको शल्यक्रिया गरेका छन् ।
बिहीबार भुइँलादेवी नाम गरेकी वृद्धा बायाँ खुट्टा भाँचिएपछि उपचारका लागि अस्पताल पुगेकी थिइन् ।
चिकित्सकले आवश्यक परीक्षणपछि अप्रेसनको तयारी गरे । अप्रेसनपछि महिलालाई बाहिर ल्याउँदा परिवारजन छक्क परे ।
किनकि बायाँ खुट्टा भाँचिएर अस्पताल ल्याइएकी भुइँलादेवीको दायाँ खुट्टाको अप्रेसन गरिएको थियो ।
भुइँलादेवीका छोरा सुरेश प्रजापतिकाअनुसार बायाँ खुट्टा भाँचिएको थियो तर, डाक्टरले दायाँ खुट्टाको अप्रेसन गरिदिएका थिए ।
परिवारजनले यसबारे सोधपुछ गर्न थालेपछि भुइँलादेवीलाई फेरि अप्रेसनका लागि लगिएको र बायाँ खुट्टाको अप्रेसन गरिएकोभारतीय अखबार आजतकले जनाएको छ ।
अप्रेसन गर्ने चिकित्सक पीके पाण्डेय सम्पर्कविहीन भएका छन् । अस्पताल प्रशासनले भने चिकित्सकको लापरबाही नभएको दाबीगरेको छ ।
अस्पताल सञ्चालक डा। आशुतोष श्रीवास्तवकाअनुसार बिरामीको बायाँ खुट्टाको हड्डी भाँचिएको थियो, जसको अप्रेसन गरिएको छ।
दायाँ खुट्टामा रगत जमेका कारण त्यसलाई निकालिएको भन्दै उनले गलत उपचार भएको आरोपको खण्डन गरेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे