२०८१ पौष १७, बुधबार
काठमाडौं ,पौष १४- हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
हाल मौसमको अवस्था:
हाल कोशी प्रदेश लगायत देशका पहाडी भू–भागहरूमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मूख्यतयासफा रहेको छ ।
हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक–दुई स्थानमा हल्का वर्षा साथै हल्का हिमपातको सम्भावना रहेको छ ।पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतयासफा रहने सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :
कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेश रबागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । देशका पहाडीभू–भागका एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक यातायात तथा हवाईउड्डयनमा आंशिक असर पर्न सक्ने देखिन्छ । साथै बिहानको समयमा तराई तथा उपत्यका/खोँचहरूमा हुस्सु/कुहिरोको समेतसम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे