२०८१ पौष २५, बिहिबार
चितवनको गौरव र गरिमामय प्रस्तुति, चितवनको पहिचान र ऐतिहासिक महत्त्व बोकेको चितवन महोत्सव २०८१ को बारेमा जानकारी दिने उद्देश्यका साथ आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ। महोत्सव उद्योग बाणिज्य संघ चितवनको आयोजनामा संचालन हुन लागेको हो
महोत्सवले चितवन जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य पर्यटन, सूचना प्रविधि, औद्योगिक विकास लगायत समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासका साथसाथै व्यवसायको प्रवर्द्धनमा टेवा पुर्याउँदै चितवनको गरिमा र पहिचानलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म पुऱ्याउने उद्देश्यका साथ संचालन हुन लागेको उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष तथा महोत्सव मूल संयोजक सुमन कुमार श्रेष्ठले जानकारी गराउनुभयो।
प्रत्येक २/२ वर्षको अन्तरालमा वि.सं. २०५३ सालदेखि आयोजना गरिदै आएको चितवनको गौरव र गरिमामय प्रस्तुती चितवन महोत्सवको १५ औ संस्करणको रुपमा चितवन महोत्सव-२०८१ प्रदर्शनी मैदान, नारायणी नदी किनार नारायणगढ चितवनमा संचालन हुँदैछ। प्रविधिको प्रयोगलाई प्रर्बद्धन गर्ने उद्देश्यले यस बर्षको महोत्सव भने रोबोटको माध्यमबाट समुद्घाटन गर्न लागिएको समेत उहाँले बताउनुभयो।
महोत्सवमा ४३० स्टलहरू रहने र सबै स्टलहरुको बिमा समेत हुनेछ। यस बर्षको महोत्सवमा प्रवेश शुल्क १०० र विद्यार्थी सहुलियतमा ५० रुपैंया तोकिएको छ। त्यस्तै अपाङ्ग बृद्धबृद्धा तथा फरक क्षमता भएका व्यक्तिहरूको लागि नि:शुल्क प्रवेशको व्यस्था रहेको छ। भौतिक र अनलाइनबाट समेत काट्न सकिने व्यवस्था रहेको आयोजकले जानकारी दिएको छ।
आन्तरिक तथा बाह्य पर्यटक सहित करिब ५ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवबाट करिब ३० करोड भन्दा बढिको कारोबार हुने अपेक्षा गरिएको छ। महोत्सव स्थलदेखि चितवन जिल्लाका पर्यटकीय स्थलसम्म पार्टी बस समेत संचालन हुनेछ।
विगतका महोत्सवहरुमा सञ्चालन हुँदै आएको फुड फेस्टिभल यस वर्ष पनि परम्परागत खानाको प्रवर्द्धन गर्ने उद्देश्यले २०८१ पौष २८ देखि माघ ७ गते सम्म क्याम्पाचौर नारायणगढमा सञ्चालन हुनेछ। २०८१ पौष २८ गते देखी माघ ४ गते सम्म चितवनको कृषि, शिक्षा, स्वास्थ्य पर्यटन, सूचना प्रविधि, साहित्य लगायत जिल्लाको सामाजिक आर्थिक विकासका सम्भावनामा केन्द्रित रही विज्ञहरुको उपस्थितिमा दैनिक राष्ट्रिय स्तरका सेमिनार तथा गोष्ठीहरु सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ।
चितवन महोत्सवलाई सफलताका साथ सम्पन्न गराउनका लागि यस बर्षको महोत्सवको मुख्य प्रायोजकको रुपमा ग्लोबल आईएमइ बैंक रहेको छ भने सह प्रायोजकमा ग्रिन मोटर्स प्रा लि (BYD) रहेको छ। भरतपुर महानगरपालिका, जिल्ला समन्वय समिति चितवन, नेउवामहासंघ, कृषि बिकास बैंक र नेपाल पर्यटन बोर्ड प्रर्बद्धकको रुपमा रहेका छन्।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे