२०८१ पौष २४, बुधबार
सर्प, बाघ, गैँडा, हात्ती र भालुको आक्रमणबाट पछिल्ला पाँच महिनाको अवधिमा ८३ जनाको मृत्यु भएको हो ।
नेपाल प्रहरीको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को श्रावणदेखि मंसिर महिनासम्म जनावरको आक्रमणबाट ८३ जनाको मृत्यु भएको छ भने ५ सय ९९ जना घाइते भएका छन् ।
यो अवधिमा नेपाल प्रहरीले २५६ जनाको उद्धार र उपचारमा सहयोग पुर्याएको केन्द्रीय प्रहरी प्रवक्ता विश्व अधिकारीले बताए । सबैभन्दा धेरै सर्पको टोकाइबाट ७० जनाको मृत्यु भएको छ भने ५३२ जना घाइते भएका छन् ।
२३६ जनाको प्रहरीले उद्धार गरेको छ । त्यस्तै हात्तीको आक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका प्रवक्ता अधिकारीले जानकारी दिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे