२०८१ माघ १८, शुक्रबार
सी.जी. “निर्मल श्री”-
सुन्दैछु अचेल !आर्यघाटमा गएर हेर्दा
ब्रम्हनालमा सुताईरहेको कुनै मानव
कति लालायित हुँदो हो !
सम्पत्ति कमाउन नसकेको परपीडामा
कति कुण्ठित हुँदो हो !
चाहिनेभन्दा बढी कमाएर पनि
चाहेको इच्छा पूरा गर्न नसेकोमा
समाजमा तिरस्कृत थियो कि कोही ?
समाजमा सँधैं आवश्यक थियो कि कोही ?
तिरस्कृत हुँदाको तिरस्कारको भावना
सुन्नु परेको छैन उसले
मरेर ठिक्क भयो !
यस्ता मान्छेको आवश्यकता थिएन भन्ने
सुन्नु परेको छैन उसले
समाजमा आवश्यक भएको कुरा
सुन्न पाएको पनि त छैन उसले
कठै ! सबैको मनको चाहना थियो !
सबैको श्वास थियो ! धड्कन थियो !
यो समाजलाई आवश्यक थियो भनेर
आफ्नो मृत्युमा शब्दश्रद्धा र
चिरशान्तिको कामना दिएको समेत्
सुन्न पनि त पाएको छैन उसले
एउटै मृत्यु तर
फरक पीडा र प्रतिक्रिया
कसैलाई सम्पत्ति बढ्ने आश
कसैलाई जीवनभरि
पीडा र एकान्तमा बस्नुपर्ने
सन्त्रासमा परिकल्पका कायाहरु
ब्रम्हनालको अन्तिम निश्वासमा
अवचेतन तन् निर्जीव मुर्दा भएर
चेतन मन ब्रम्हाण्डमा
लीन भैरहेको यस्तै
ब्रम्हनालको स्वप्निल संसारमा रमाउन पाउने
आनन्दको वर्णन
कसरी गर्न सकिन्छ होला र …………………………..२’
जन्मिन्छ मान्छे
केवल मर्नको लागि
जीवनमा एकपल्ट मात्रै मर्ने
मृत्युको लागि
पटक पटक मरेको त्रास
मर्नको त्रास
र बाँच्न पाउने जिजिविषाको लागि
मर्नुभन्दा बढी गर्नु पर्ने
जीवन् संघर्षका अनगिन्ती आयामहरुलाई
अनेकन् जालझेल र प्रपञ्चबाट
सञ्चालित गर्नुपर्ने जीवनभन्दा
ब्रम्हनालमा कल्पहिन
अन्तिम निश्वास लिनपाउने
स्वर्गीय आनन्दलाई खुलेयाम आव्हान
गर्न मन लागेको छ
त्यसैले आऊ !
सी.जी.को मृत्युमा रमाऊ
सी.जी.को मृत्युमा रमाउनेहरु हो !
ब्रम्हनालमा अन्तिम निश्वास लिएर त हेर
बाँच्ने र। मर्ने जीवन संघर्षभन्दा
यो आर्यघाटको ब्रह्मनालमा सुतिरहेको
चिरनिद्राको स्वर्गीय संसार
कति आत्मिक र स्वच्छन्द छ ……………………………..३
टीकापुर १, कैलाली
हाल : काठमाडौ
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे