२०८१ माघ १८, शुक्रबार
पुस २६ गतेको आयोगको निर्णयअनुसार सामुदायिक विद्यालयको माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न आवेदन माग गरेको हो ।
आयोगले ३६७ पदका लागि विज्ञापन आह्वान गरेको हो । यसअघि गत वर्ष ४३६ पदका लागि विज्ञापन आह्वान गरेको थियो ।
उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणाली https.online.tsc.gov.np मार्फत सम्पूर्ण विवरण भरी दरखास्त दिनुपर्नेछ । विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइटबाट डाउनलोड/सूचना/विज्ञापनबाट प्राप्त गर्न र हेर्न सकिनेछ ।
१८ वर्ष पुरा भई ४० वर्ष ननाघेकाले आवेदन दिन सकिनेछ । तर, वहालवाला स्थायी शिक्षकको हकमा भने उमेर हद नलाग्ने आयोगले जनाएको छ । माध्यमिक तहको स्थायी अध्यापन अनुमति प्राप्त गरेका व्यक्तिले आवेदन दिन पाउनेछन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे