२०८१ माघ ६, आईतबार
नवलपुरमा संचालित स्कुल र क्याम्पस तथा नवलपुरबाट चितवनमा पढ्न जाने विद्यार्थी बोक्ने बस ट्राफिक चेकिङ्गको क्रममा कारबाहीमा परेका हुन्।
स्कुल र बसमा जनस्तर तथा विद्यार्थीका अभिभावकबाट ब्यापक गुनासो आएपछि चेकजाँचलाई तिब्रता दिएको जिल्ला ट्राफिक कार्यालय प्रमुख प्रहरी निरीक्षक जनकराज बन्जराले जानकारी दिए ।
शुक्रबार गैँडाकोटमा १७ वटा बसमा गरिएको चेकजाँचका क्रममा ९ वटा बस कारवाहीमा परेका थिए। आज आइतबार कावासोतीमा १२ वटा बसमा गरिएको चेकिङमा ७ वटा बस कारवाहीमा परेका हुन्।
स्कुल बसमा सिट क्षमताभन्दा बढी विद्यार्थी राखेर बोक्ने गरेको, कतिपय बसको बिलबुक नबोकेको, नविकरण नभएको, कालो नम्बर प्लेट राखेको, पहेको रंगको प्रयोग नभएको बन्जराले बताए ।
त्यस्तै विद्यालय बस सञ्चालन निर्देशिका बमोजिम गाडीमा प्राथमिक उपचार किट, फायर एक्सटिंगीशर, आपतकालिन ढोका साथै ह्यामर पनि नरहेको र कतिपय गाडी विद्यार्थी बोक्न योग्य नरहेको पाइएको छ।
मापदण्डविपरत चलाइएका बसहरुलाई यातायात व्यवस्था ऐनअनुसार कारवाही हुने प्रहरीले जनाएको छ । यसरी कारवाहीमा परेका बसलाई राजश्व तिरेपछि थप अनुगमन गरेर मात्र सवारी चालक अनुमति पत्र र बिल बुक दिइने प्रहरीले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे