२०८१ फागुन २०, मंगलबार
कार्यालयका प्रमुख ई. रामु श्रेष्ठका अनुसार साउनदेखि पुस मसान्तसम्म महसुल नतिर्ने उनीहरूको लाइन काटिएको हो। यस अवधिमा एक हजार ४५६ जनाले बक्यौता रकम तिरेका छन्। उनीहरूबाट रु. दुई करोड ८२ लाख २१ हजार ९१६ राजस्व संकलन भएको छ।
प्रमुख श्रेष्ठका अनुसार एक हजार ६६८ जना ग्राहकबाट रु. चार करोड १३ लाख ९५ हजार पाँच सय ६७ बक्यौता उठाउन बाँकी थियो। वितरण केन्द्रले पुस मसान्तसम्म २८१ ग्राहकलाई कालोसूचीमा राखेको छ।रासस
उनीहरूबाट रु. एक करोड पाँच लाख ४६ हजार १८८ बक्यौता उठाउन बाँकी छ। वितरण केन्द्र प्रमुख श्रेष्ठले भने, ‘नेपाल विद्युत् प्राधिकरणको प्रचलित विनियमअनुसार ६ महिनासम्म महसुल नबुझाएका ग्राहकलाई कालोसूचीमा राख्ने प्रावधान छ।’
भरतपुर वितरण केन्द्रमा मासिक महसुल बुझाउने ग्राहकमध्ये ६२ प्रतिशतले अहिले अनलाइनबाट महसुल बुझाउने गरेका छन्। यस केन्द्रमा हाल ७२ हजार बढी ग्राहक छन्।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे