२०८१ माघ २०, आईतबार
राष्ट्रिय युवासंघ नेपाल नवलपुरका सहसचिव समेत रहेका मियाको गैँडाकोटमा युवासंघको अधिवेशनमा सहभागि भैरहेको बेला हृदयघातका कारण मृत्यु भएको हो ।
गैँडाकोटको श्रीराम पार्टी प्यालेसमा चलिरहेको राष्ट्रिय युवासंघ नेपाल नवलपुरको दशौ जिल्ला अधिवेशनमा स्वागत मन्तव्य दिएर स्टेजबाट ओर्लिए लगत्तै मिया कुर्चीमा लडेका थिए । घटना लगत्तै उनलाई उपचारको लागि चितवन मेडिकल कलेज लगिएको थियो । मियाको उपचारको क्रममा दिउसो २: ४२ वजे मृत्यु भएको चितवन मेडिकल कलेजले जनाएको छ ।
३७ वर्षका मियाका श्रीमती, ३ छोरी र १ छोरा हुनुहुन्छ । युवाहरुमाझ लोकप्रीय मियाको निधनले युवासंघलाई अपुरणीय क्षती पुगेको छ ।मियाको निधन भएपछि राष्ट्रिय युवासंघको जिल्ला अधिवेशन स्थगित गरिएको छ । अर्को सूचना जारी नभएसम्मका लागि अधिवेशन स्थगित गरिएको राष्ट्रिय युवासंघ नेपाल नवलपुरले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे