२०८१ माघ २०, आईतबार
म्याग्दीका प्रहरी प्रमुख भरत श्रेष्ठले थापालाई आज बिहान साढे ५ बजे उनकै निवासबाट पक्राउ गरिएको टेलिफोनमा जानकारी दिए ।
सहकारी रजिष्ट्रारको कार्यालय पोखराले एक वर्ष अघि गरेको छानविन प्रतिवेदनमा थापाको योजनामा सर्वसाधारणले बचत गरेको डेढ अर्ब रुपैयाँ हिनामिना भएको उल्लेख थियो।
थापा सहितको टोलीले सहकारीको रकम निजी विद्यालय, घर जग्गा खरिद कार्यमा लगाएर दुरुपयोग गरेको पाइएको उक्त प्रतिवेदनमा औँल्याइएको थियो। एमालेबाट जिसस प्रमुख निर्वाचित उनी अहिलेसम्म पक्राउ परेका थिएनन् । ०७९ साल माघ २८ गते सहकारीका अध्यक्ष यमबहादुर रोक्का समेतले सहकारी रजिष्ट्रारको कार्यालयमा लिखित निवेदन दिएर कुमारी बहुउद्देश्यीय सहकारीको रकम छानविन गर्न माग गरेका थिए ।
उनीहरूको माग अनुसार सहकारी रजिष्ट्रारको कार्यालय पोखराले वित्तीय विश्लेषक निर्मल गौतमलाई छानविन गर्न अख्तियारी दिएको थियो । गौतमको छानविन प्रतिवेदनले थापाको मुख्य योजनामा सहकारीको १ अर्ब ४९ करोड रकम हिनामिना भएको प्रतिवेदनले औँल्याएको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे