२०८१ मंसिर ८, शनिबार
आन्दोलनरत पक्षले राखेको मागमध्ये बुँदा नंं. ५ मा रहेको पेट्रोलियम विक्रेता कमिशन सम्बन्धी र बुँदा नं. ६ को एल.पी ग्यासको ढुवानी भाडा समायोजन सम्बन्धी मागको सम्बन्धमा ७ (सात) दिन भित्र दुबै पक्ष बसेर छलफल गर्ने निष्कर्ष निकाल्ने सहमति भएको उनले बताए ।
उनका अनुसार पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेष्ठ १५ (पन्ध्र) सम्ममा सक्ने गरी आवश्यक कार्य गर्ने सहमति भएको संयुक्त विज्ञप्तिमा भनिएको छ ।
यसअघि, पेट्रोलियम ढुवानी व्यवसायी, पम्प व्यवसायी र खाना पकाउने एलपी ग्यास उत्पादक व्यवसायीहरूले संयुक्त संगठन बनाएर देशभर पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण ठप्प पार्ने घोषणा गरेका थिए ।
उनीहरूले विश्वव्यापीरूपमा पेट्रोलियम पदार्थको मूल्य बढेको तर निगमले आफूहरूको ढुवानी भाडा नबढाएको बताउँदै आएका थिए ।आन्दोलनरत पक्षसँग बार्ता सफल भएकाले आजदेखि पेट्रोलियम पदार्थको विक्री वितरण सहज हुने नेपाल आयल निगमले बताएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे