२०८१ फागुन १०, शनिबार
अमेरिकी सपना पालेर बसेको रेशम पात्रको डिभी पर्छ । त्यसपछि उसलाई अमेरिका जानबाट रोक्न केही पात्रहरू लागिपर्छन् । यस्तैमा कुनै पनि हालतमा अमेरिका जाने अड्डी कसेर बसेकी एक युवतीले आफ्नो सपना पूरा गर्न रेशम र उनको आमालाई नै किडन्याप गरेको देखिन्छ । फिल्मले नेपालीहरुको अमेरिका मोहको कथा भन्ने टिजरबाट प्रष्ट हुन्छ ।
निरोज महर्जनको कथा तथा निर्देशन रहेको फिल्ममा रेशम पात्रको भूमिकामा अभिनेता विनय श्रेष्ठले अभिनय गरेका छन् । यसमा उनीसहित सुपुष्पा भट्ट, नीर शाह, कामेश्वर चौरसिया, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको अभिनय रहेको छ ।
फिल्ममा सुसन प्रजापतीको छायांकन, आकाश बरालको स्क्रिप्ट लेखन, साहिल खानको ट्रेलर, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन, रोहित शाक्यको ब्याकग्राउन्ड म्यूजिक, शैलेश श्रेष्ठको साउन्ड डिजाइन तथा सुरेन्द्र पौडेलको सम्पादन छ । ‘दिमाग खराब’का निर्माता रौनक विक्रम कँडेलको निर्माण रहेको फिल्मको कार्यकारी निर्मातामा सुरज बम ठकुरी र सह-निर्मातामा एनि थापा छन् ।फिल्मीखबरबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे