२०८१ माघ २९, मंगलबार
विद्यालयका प्राचार्य टेकबहादुर श्रेष्ठले विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरुले आफूमा भएको प्रतिभा सामूहिक रुपमा प्रस्तुतीकरण गर्ने भएकाले तीन दिने कार्यक्रम गरी वार्षिकोत्सव मनाउन लागिएको बताउनुभयो । विद्यार्थीहरुले लोक संस्कृति, भेषभूषा आदि प्रदर्शन गर्नुका साथै शैक्षिक प्रदर्शनी, चित्रकला तथा हस्तकला प्रदर्शनी र स्काउट गतिविधि प्रस्तुत गर्ने श्रेष्ठले बताउनुभयो । तीनै दिनसम्म विद्यार्थी र शिक्षकहरुले बनाएको शैक्षिक सामग्री समेत प्रस्तुत गरिने श्रेष्ठको भनाइ छ ।
विद्यार्थीहरुबीच व्यक्तिगत कुनै पनि प्रस्तुती नहुने भन्दै उहाँले माघ २९ गते कक्षा नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरुको प्रस्तुती रहने बताउनुभयो । त्यस्तै माघ ३० गते कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुको प्रस्तुती रहने तथा फागुन १ गते कक्षा ४ देखि कक्षा ७ सम्मका विद्यार्थीहरुको प्रस्तुती रहने जानकारी दिनुभयो । सो अवसरमा विद्यार्थीहरुद्वारा नृत्य, सांगीतिक कार्यक्रम, गायन, नाटकलगायत प्रस्तुती राख्ने बताइएको छ ।
विद्यालयमा करिब दुई हजार विद्यार्थीहरु अध्ययनरत छन् । विद्यालयले विशेष समारोहका बीच फागुन १ गते बिहान १०ः३० बजे वार्षिकोत्सव कार्यक्रमको समापन गर्ने जनाइएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे