२०८१ माघ ३०, बुधबार
वीरगञ्ज महानगरपालिका-१३ प्रतिमा चोकबाट प्रहरीले आसमिन फ्रेस हाउसका सञ्चालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्सालले जानकारी दिए।
पक्राउ पर्नेमा वीरगञ्ज-१३ बस्ने ४१ वर्षीय हारून मियाँ अन्सारी छन्। उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।
उनले खसीको भनेर बाख्राको मासु बेचिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनापछि खटिएको प्रहरीको टोली उनको पसलमा पुगेको थियो।
त्यहाँ बाख्राको मासुमा खसीको अण्डकोष सिलाएर बेचेको फेला परेको हो।
प्रहरीले १५ किलोको बाख्राको मासु पनि बरामद गरेको छ। प्रहरीले उनीमाथि कालोबजारी सम्बन्धि कसुरमा जिल्ला प्रशासन कार्यालय पर्साबाट पाँच दिन म्याद थपेर अनुसन्धान अघि बढाएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे