२०८१ फागुन १०, शनिबार
तिर्थराज काफ्ले – कावासोती नगरपालिका वडा नं १३ भित्रका क्लब, आमा समूह र टोल विकास समितिका सदस्यहरूलाई लक्षित गरी प्रजातन्त्र दिवसको अवसरमा आयोजित एकदिने नेतृत्व विकास तथा उद्घोषणकला तालिम सम्पन्न भएको छ।
क्लबका अध्यक्ष समिर लामिछानेको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि कावासोती नगरपालिका वडा नं १३ का वडाध्यक्ष लालबहादुर गुरुङ रहनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले यस्तो तालिमले समाजमा सकारात्मक सोच विकास गर्न, नेतृत्वदायी क्षमताको अभिवृद्धि गर्न र समुदायको समस्या समाधानका लागि प्रभावकारी पहल गर्न सहयोग गर्ने बताउनुभयो। उहाँले सामाजिक संस्थाहरूको भूमिकालाई थप सक्रिय र प्रभावकारी बनाउन यस्तो कार्यक्रम आवश्यक रहेकोमा जोड दिनुभयो।
तालिममा पत्रकार तथा प्रशिक्षक रमेश वस्ताकोटीले नेतृत्व विकास र उद्घोषणकला सम्बन्धी प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षणमा सहभागीहरूलाई प्रभावकारी बोल्ने तरिका, भाषणकला, आत्मविश्वास बढाउने उपाय, नेतृत्व कौशल, निर्णय क्षमता र सहकार्यको महत्त्वजस्ता विषयमा जानकारी गराइएको थियो।
कार्यक्रममा टोल विकास समिति, आमा समूह र विभिन्न क्लबका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले तालिमबाट नेतृत्वदायी भूमिका निर्वाह गर्न सिक्ने अवसर पाएको बताउँदै कार्यक्रमको प्रशंसा गरेका छन्।
यो तालिमले सहभागीहरूलाई नेतृत्वदायी क्षमताको विकास गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन प्रेरणा दिने विश्वास आयाेजकले गरिएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे