२०८१ फागुन १०, शनिबार
आर्थिक वर्ष २०८०/८१ को प्रारम्भिक नतिजामा हुप्सेकोटले ९७ दशमलव पाँच अङ्क प्राप्त गर्दै गण्डकी प्रदेशकै प्रथम भएको हो ।
नवलपुरकै कावासोती नगरपालिका ९६.५ अंक सहित प्रदेशकै दोस्रो र स्याङ्जाको आँधिखोला गाँउपालिका, अर्जुनचौपारी गाउँपालिका र कालीगण्डकी गाउँपालिकाले समान ९४ अंक प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् ।
हुप्सेकोटले योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा २१, कार्यान्वयन क्षमता तथा व्यवस्थापन २८, लेखाङ्कन तथा प्रतिवेदनमा १७ ,अनुगमन मूल्याङ्कन तथा लेखा परीक्षणमा १६ र राजस्व व्यवस्थापनमा १५.५ गरी जम्मा ९७ दशमलव पाँच अङ्क प्राप्त गरेको जनाइएको छ ।सो मूल्याङ्कनअनुसार जिल्लाको कावासोती नगरपालिकाले ९६.५अङ्क, मध्यविन्दु नगरपालिकाले ९३.५अङ्क, गैँडाकोट नगरपालिकाले ९२ अङ्क, बौदीकाली गाउँपालिकाले ८८.५अङ्क, देवचुली नगरपालिकाले ८७.५ अङ्क, बिनयी त्रिवेणी गाउँपालिकाले ८१.५ अङ्क, र बुलिङटार गाउँपालिकाले ७५.५ अङ्क प्राप्त गरेका छन् ।
हुप्सेकोटले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा ९७.७५ अङ्क प्राप्त गर्न सफल भएको छ । स्वमूल्याङ्कनको विषय क्षेत्रहरुको समग्र स्थितिमा ९८ दशमलव ८१ , प्रक्रियागत स्थितिमा ९७. दशमलव ०६, परिणात्मक स्थितिमा ९७ दशमलव ७८ अङ्क प्राप्त गरेको छ ।
कर्मचारी तथा जनप्रतिनिधीहरुको मिहेनतले गाउँपालिका वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा गण्डकीकै पहिलो र स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा जिल्लाकै प्रथम भएको हुप्सेकोट गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीले बताउनुभयो। आगामी आवमा गाउपालिकाले दुईवटै मूल्याङ्कनमा यो भन्दा माथि अङ्क आउने गरी काम गर्ने लक्ष्य लिइएको पराजुलीले जानकारी दिनुभयो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे