२०८१ फागुन १२, सोमबार
ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी इन्सपेक्टर सन्तोषी महतको घटना छानबिन गर्न छानबिन समिति गठन गरिएको हो।
राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ।
सिन्धुपाल्चोक घर भई कास्कीको पोखरा तालिम केन्द्र महिला प्रशिक्षार्थी भवनमा रहेको शौचालयमा इन्स्पेक्टर सन्तोषी महत मृत फेला परेकी थिइन्।
शनिबार राति उनी झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्।
पाँच सदस्य समितिलाई घटनाबारे छानबिन गरी प्रतिवेदन बुझाउन भनिएको छ। सन्तोषीले २०७२ सालमा सिपाहीबाट सशस्त्र प्रहरीमा भर्ती भएकी थिइन्।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे