२०८१ फागुन १२, सोमबार
बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चलेको मेलामा अबेरसम्म विद्यार्थी उपस्थित थिए । उनले प्रत्यक्ष रुपमा युनिभर्सिटी तथा कलेजबाट प्रतिनिधिबाट नै सबै जानकारी पाएकोमा खुशी व्यक्त गरेका छन् । एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले मेलामा सहभागि सबै विद्यार्थीहरुलाई धन्यवाद दिनुभयो ।
‘ब्याचलर्स, मास्टर्स तथा रिसर्च लेभलका विभिन्न प्रोग्राममा पढ्न विदेश जान चाहने विद्यार्थीको पनि उल्लेखीय उपस्थिति रह्यो, केही वर्षपछि जाने तयारीमा रहेका विद्यार्थीहरु समेत उपस्थिति भएर मेलाको फाइदा उठाउनु भएको छ’–अधिकारीले भन्नुभयो ।
‘एक्सपर्ट एडु फेयर’को बैंकिङ पार्टनमा माछापुच्छ्र्रे बैंक र एजुकेशन पार्टनरमा ‘आइडीपी आइएलटिएस’ रहेको थियो । विद्यार्थीहरुले त्यहाँबाट पनि आफ्नो सेवा बारे जानकारी लिएका थिए ।
एक्सपर्टले २१ वर्षदेखि शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आइरहेको छ । यहाँबाट अष्ट्रेलिया, क्यानडा, युके, युएसए, न्युजिल्याण्ड तथा आयरल्याण्डका विश्वविख्यात युनिभर्सिटी तथा कलेजमा अध्ययन गर्न जानका लागि शैक्षिक परामर्श प्रदान गरिन्छ । साथै एक्सपर्ट चितवनमा भाषा परीक्षाहरू आइइएलटिएस, पिटिई र स्याट तयारी कक्षा पनि सञ्चालन भइरहेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे