२०८१ फागुन २०, मंगलबार
यो तालिम कृषि प्रणालीलाई आधुनिक बनाउँदै उत्पादन वृद्धि गर्ने, कृषकहरूलाई व्यावसायिक बनाउने तथा वैदेशिक रोजगारीमा जाने युवाहरूलाई स्वदेशमै आत्मनिर्भर बनाउन प्रेरित गर्ने लक्ष्यसहित आयोजना गरिएको हो । उक्त तालिमका लागि २०७९ / ०८० को गोरखा पत्रमार्फत आवेदन माग गरिएको थियो, जसमा विभिन्न जिल्लाका १९ जना कृषक सहभागी छन् ।
कृषि यान्त्रिकीकरण सम्बन्धि प्रयोगात्मक तथा सैद्धान्तिक ज्ञान दिने उद्देश्यले आयोजना गरिएको तालिममा प्रयोगशाला, कृषि यान्त्रिकीकरण सम्बन्धि, कृषि औजार / उपकरण सम्बन्धि, ट्र्याक्टर, पावर टिलर मर्मत / सम्भार तथा संचालन, सिँचाइ प्रणाली, थ्रेसर संचालन, टनेल खेती, मल व्यवस्थापन, ड्रोन, पोस्टहार्भेस्ट, स्टोरेज प्रविधि, यन्त्र तथा वाहक यन्त्रका विविध कृषि इन्जिनियरिङ विषयमा कार्यशाला लगायत समेटिएका छन् । यस्तै, तालिम अवधिमा विभिन्न कृषि यन्त्र मर्मत कक्षहरू, बिक्री केन्द्र, अनुसन्धान स्थल र व्यवसायिक कृषक फार्मको भ्रमण गराउने कार्यक्रम समेत रहेको छ ।
तालिम संयोजक इन्जिनियर सानुबहादुर भुजेलका अनुसार यस तालिमले बेरोजगार युवा तथा उत्साही कृषकहरूलाई आधुनिक कृषिमा संलग्न गराउने मात्र होइन, व्यावसायिक कृषकका रूपमा अगाडि बढ्न मद्दत गर्ने छ ।
यस किसिमका तालिमहरूले कृषिमा यान्त्रीकरणमार्फत उत्पादकत्व वृद्धि गर्न सहयोग गर्ने विश्वास गरिएको छ । उक्त तालिम पश्चात, कृषि यान्त्रिकीकरण सम्बन्धि प्राप्त ज्ञान र सिपको उपयोग गरी बेरोजगार युवा उधमी किसान र उधमी किसान व्यावसायिक किसानहरुमा परिवर्तन हुने लक्ष्य राखिएको छ । उक्त तालिम फागुन २५ गतेसम्म संचालन हुने छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे