२०८२ बैशाख ९, मंगलबार
मुख्य न्यायाधीश मुकेश उपाध्यायको इजलासले बिहीबार उक्त आदेश दिएको हो । १० अर्ब ७३ करोड रुपैयाँभन्दा बढी रकम अपचलन प्रकरणमा २६२ जनालाई प्रतिवादी बनाएर ठगी मुद्दा दायर गरिएको छ ।
पक्राउ पर्नेहरूमा जतनमाया विश्वकर्मा, सरिता कालीकोटे विक, अस्मिता भण्डारी, विष्णुकुमारी तुलाधर, रवि पोर्तेल(सुनार), फूलकुमारी (फूलमाया राई), सुदिन विक, महत क्षेत्री, अपना श्रेष्ठ, रिना राई र विक्रम गजमेर रहेका छन् ।
अदालतले जतनमाया विश्वकर्मा, सरिता कालीकोटे विक र विष्णुकुमारी तुलाधरलाई जनही ५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ भने बाँकी ८ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
२६२ जनाविरुद्ध ठगी मुद्दा, ३५ जनामाथि संगठित अपराधको अभियोग
सुनसरी जिल्ला सरकारी वकिल कार्यालयले ऋण लिएर नतिर्ने ऋणीहरूलाई समेत प्रतिवादी बनाएर अदालतमा अभियोगपत्र दायर गरेको छ ।
सहकारी ऐन २०७४ र संगठित अपराध निवारण ऐन २०७० बमोजिम ३५ जनामाथि संगठित अपराधको मुद्दा दायर गरिएको हो । बाँकी २२२ जनाविरुद्ध सहकारी ऐन अन्तर्गत सजाय माग गरिएको छ ।
प्रहरीको अनुसन्धान अनुसार, ४,१६८ जना पीडितहरूले २८१ वटा जाहेरी दर्ता गराएका थिए । अनुसन्धान प्रतिवेदनमा १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ अपचलन भई व्यक्तिगत सम्पत्ति खरिद र बराह ग्रुप अफ कम्पनीअन्तर्गतका १४ कम्पनीहरूमा अवैध लगानी गरिएको खुलासा भएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे