२०८१ फागुन २६, सोमबार
शनिबार मध्याह्न करिब १२ बजेतिर गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ नामी कलेज नजिकको बागमती खोलाको बीच भागमा डुबेको अवस्थामा एक महिलाको शव फेला परेको थियो।
करिब ३५ वर्षीया महिलाको शव भेटिएको हो। अनुसन्धानको क्रममा महिलाको हत्या भएको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिए।
उनले महिलाको हत्या आरोपमा पाँच जनालाई पक्राउ गरेको बताए। उनीहरूलाई प्रहरी वृत्त बौद्धको टोलीले पक्राउ आइतबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सर्लाही बागमती ढुंगेखोला घर भई कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने २५ वर्षीय कैलाश खड्का, मकवानपुरको हेटौडा शिखरपानी घर भई सोही वडामा बस्ने २० वर्षीय सुरेश तामाङ, नुवाकोट मेघाङ ४ घर भई सोही वडामा बस्ने २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोकको तिपिने घर भई गोकर्णेश्वर बस्ने २० वर्षीया पूजा परियार र एक नाबालक छन्।
मृत भेटिएकी महिलाको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ। मृत्यु हुनेको सनाखत भएको छैन।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे