२०८१ फागुन २८, बुधबार
गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको सुरक्षामा खटिरहेका असई वीरेन्द्रकुमार यादवको मृत्यु भएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको हो ।
मधेस प्रहरीका अनुसार हिजो उनको पेट र छाती दुख्न थालेपछि उनलाई पहिला स्थानीय अस्पताल गोदावरीमा भर्ना गरिएको थियो । तर त्यहाँबाट थप उपचारको लागि रेफर गरेपछि उनलाई नोबेल अस्पताल विराटनगरमा लगिएको मधेस प्रदेश प्रहरी प्रमुख लालमणि आचार्यले बताए ।
विराटनगर नोबेल अस्पतालमै उपचारको क्रममा हिजो राती उनको मृत्यु भएको डिआइजी आचार्यले बताए । सिरहा नगरपालिका–२५ सुखचैना स्थायी घर भएका यादवको दरबन्दी मधेस प्रदेश प्रहरी गण जनकपुरधाममा रहेको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे