२०८१ फागुन २८, बुधबार
मंगलबार साँझ करिब ७:३० बजेको समयमा गैंडाकोट नगरपालिका वडा नम्वर १० स्कुल चोक स्थित पुर्व पश्चिम राजमार्गमा चितवनबाट कावासोती तर्फ जाँदै गरेको लु ४३ प २४९१ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।
मोटरसाइकलको ठक्करबाट सोही स्थान बस्ने बर्ष ८४ को लाल बाहादुर श्रेष्ठको दुबै खुट्टामा चोट लागेको छ। घाइतेलाई उपचारको लागि गैंडाकोट नगर अस्पताल भेडावारी पठाईएको छ। घाइतेको अवस्था सामान्य रहेको छ। ठक्कर दिने मोटरसाइकल चालक मध्यबिन्दु न.पा. ३ बस्ने बर्ष ५८ को जगजिवन मण्डललाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको बताएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे