२०८१ फागुन २८, बुधबार
मूलपानीबाट अमरसिंह थापा चोक जाने सडकमा बा प्र ०३–००१ ख १३३८ नम्बरको टिपरबाट बालुवा खन्याउने क्रममा बिजुलीको खम्बाको तार सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएका सहचालक १५ वर्षीय सुमन खड्काको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
रामेछापको मन्थली नगरपालिका–७ का खड्कालाई उपचारका लागि शङ्खरापुर अस्पताल नारायणटारतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान
गरिरहेको छ ।
प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–१६ बालाजु वसन्तनगर गुम्बा नजिक एक व्यक्ति मृत फेला परेका छन् । नुवाकोटको ढिकुरे घर बताउने अन्दाजी ३६ वर्षीय नरेन्द्र बाँनिया आज मृत फेला परेका हुन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे