२०८१ चैत्र ५, मंगलबार
जिल्लाको छिन्नमस्ता गाउँपालिका–४ लालापटीमा मङ्गलवार बिहान आगलागीमा भएको हो । बिजुलीको तार सर्ट भई सुरु भएको आगलागीबाट घर, गोठसहित सरसामान जलेर नष्ट भएको छ, भने चौपायासमेत मरेका छन् ।
स्थानीय देव नारायण पण्डितको दुई वटा घर, रामेश्वर पण्डितको घर र गाई गोठ, भान्सा घर र जुगेश्वर पण्डितको घर र गोठ जलेर नष्ट भएको छ । आगलागीबाट घरभित्र रहेका लत्ताकपडा, अन्नपात, फर्निचर,भाँडा, मोबाइल, सुन चाँदीसमेत जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय सखडाले जनाएको छ ।
आगलागीमा दुई वटा खसी र एउटा भैँसी जलेर मरेको छ ।
यसै गरी सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ६ मा सोमबार साँझ आगलागी हुँदा पाँच वटा घर जलेर नष्ट भएका छन् । स्थानीय दुबीलाल यादवको गोठ घरबाट विद्युत्को तार सर्ट भएर आगलागी हुँदा यादवको दुई वटा गोठ घर, एउटा भान्सा र एउटा बस्ने घर गरी चार वटा र छिमेकी सुरेश शर्माको एउटा घर र फर्निचर तथा फर्निचरमा रहेको काठ जलेर नष्ट भएको छ ।
राजविराज नगरपालिका र प्रहरी तालिम केन्द्रबाट आएका दुई वटा वारुणयन्त्र, स्थानीय र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे