२०८१ चैत्र ६, बुधबार
‘ स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय ’ भन्ने मूल नाराका साथ ४ दिनसम्म चलेको एक्स्पोमा १ करोड १० लाख ७० हजारभन्दा बढीको कारोबार भएको र ५९ हजार बढीले अवलोकन गरेको फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक राम बहादुर तामाङ ( सुनिल ) ले जानकारी दिए ।
एक्स्पोमा आलंकारिक बोटबिरुवा, सिजनल फूल बिरुवाहरु, सुनखरीका फूल बिरुवाहरु, फलफूलका बोटबिरुवाहरुको कारोबार तामाङले बताए । त्यस्तै, फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेश भक्त श्रेष्ठले एक्स्पोमा फूलप्रेमी तथा अवलोकनकर्ताहरुको भीड बाक्लो भएका कारण सोचेअनुरुपनै कारोबार भएकोमा आफू उत्साहित बनेको र अर्को वर्ष गरिने एक्स्पो अन्तराट्रियस्तरको गरिने योजना रहेको जानकारी दिए ।
यस्तै, उक्त एक्स्पोमा व्यावसायिक ६७, ल्याण्डस्केपिङ १, अफिसियल १०, प्रतियोगितात्मक प्रदर्शनी २ र फूडस्टल ३ वटा सहित जम्मा ८३ वटा वटा स्टल रहेको थियो । उक्त एक्स्पोमा पुष्प उत्पादक, थोक तथा खुद्रा व्यापारी, आयात तथा निर्यातकर्ता, सामग्री आपूर्तिकर्ता कम्पनी / फर्महरु तथा उपभोक्ताहरूको सक्रिय सहभागिता थियो ।
यसैगरी, ४ दिने एक्स्पो अवधीमा वाग्मती प्रदेश सरकार कृषि तथा पशुपंक्षी मन्त्री प्रकाश श्रेष्ठ, वाग्मती प्रदेश सरकारका वन तथा वातावरण मन्त्रीले समेत मेला अवलोकन गरेका थिए । त्यसैगरी, वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य, कृषि सचिव डा. गोविन्द प्रसाद शर्मालगायत नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुले पनि एक्स्पो अवलोकन गरेका थिए ।
त्यस्तै, एक्स्पोलाई भव्य रुपमा संचालन गर्न विभिन्न संघ / संस्थाहरुको सहयोग तथा सहकार्य रहेको थियो । साईमेक्स प्रा.लि. ( वी वाई डिको आधिकारी बिक्रेता ), नेपाल डेरी प्रा.लि. प्रारम्भ बायोटेक, पान अमेरिकन सीडको स्पोन्सर थियो, भने वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यद्दारा अभिनित चलचित्र ‘ भुठान ’ समुहको समेत पुष्प मेला प्रचारप्रसारमा सहयोग थियो ।
साथै, मेला स्थलको भव्य डेकोरेसनमा विभिन्न नर्सरी तथा कट फ्लावर व्यवसायीहरुको समेत सहयोग रहेको थियो । एक्स्पो अवलोकनका लागि सर्वसाधारणहरुका लागि १ सय ५० र विद्यार्थीहरुका लागि १ सय रुपैयाँ प्रवेश शुल्क तोकिएको र जेष्ठ नागरिकहरुलाई भने नि:शुल्क प्रवेशको व्यवस्था गरिएको थियो ।
हाल नेपालका ५२ वटा जिल्लामा २६० हेक्टरभन्दा बढी क्षेत्रफलमा व्यावसायिक पुष्प खेती भइरहेको एसोसिएसनले जनाएको छ । जसमा १ हजार १ सय बढी पुष्प व्यवसायी संलग्न छन् । यस क्षेत्रमा करिब ८ अर्ब ८३ करोड हाराहारीको लगानी भइसकेको र प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ५१ हजार ५ सय जनशक्तिले रोजगार प्राप्त गरेको जनाएको छ । नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार ३ अर्ब ६८ करोडभन्दा बढी रहेको एसोसिएसनले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे