२०८१ चैत्र ६, बुधबार
प्रिती राई, सबिता राना मगर र गीता रानाले एक-एक गोल गरे । चार गोल गरेकी अनिता केसी प्लेयर अफ दि म्याच भईन् । उनले १० हजार रुपैयाँ प्राप्त गरेकी छन् । यससँगै जारी प्रतियोगितामा एपिएफले दुई खेलमा २० गोल गरिसकेको छ ।
एपिएफले अब उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा भोलि बिहीबार रौतहट फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ ।
चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा जारीप्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले ४० तथा विधागत उत्कृष्टले २० तथा हरेक दिनको प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
—
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे