२०८१ चैत्र १८, सोमबार
बालबालिकाको हितका लागि सञ्चालनमा रहेको कोषमा यसअघि विभिन्न चरणमा ८० हजार सहयोग गरेको थियो । विद्यालयले हालसम्म सो कोषका लागि १ लाख ५ हजार सहयोग उपलब्ध गराएको छ ।
गैँडाकोट ईङ्लिस स्कूल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमनारायण भण्डारी र शिक्षक अभिभावक संघका अध्यक्ष ध्रुव अधिकारीको उपस्थितिमा विद्यालयले गैँडाकोट १ का वडा अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीलाई सहयोग रकम हस्तान्तरण गरेको हो ।
गैँडाकोट इङ्लिस स्कूलका प्रिन्सिपल हिरालाल अर्यालले यस कोषमा विद्यालयको तर्फबाट यस अघि नै १ लाख पुर्याउने घोषणा गर्नुभएको थियो । साथै बालमैत्री वडा निर्माण र यसको निरन्तरताका लागि विद्यालयले सधैँ आवश्यक सहयोग पुर्याउने विद्यालयका प्रिन्सिपल अर्यालले बताउनुभयो । स्कुल जान नपाएका बालबालिकालाई सहयोग होस भनेर बाल संरक्षण कोषमा सहयोग गरिएको बताउनुभयो ।
बालमैत्री वडा गैँडाकोट वाड नं. १ मा बालबालिकाले भैलो खेलेको रकम र विभिन्न व्यक्तिको सहयोग संकलन गरि यस कोषको स्थापना गरिएको थियो । आगामी वर्ष सम्ममा यस कोषमा रु १० लाख पु¥याउने वडा अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीको प्रतिबद्धता रहेको छ । यस कोषमा अहिलेसम्म करिब ८ लाख संकलन भइसकेको छ । व्याजको हिसाब गर्दा केही रकम थप हुन सक्ने वडा अध्यक्ष रेग्मीको भनाइ छ ।
वडा भित्रका आपतकालिन एवं जोखिम अवस्थामा रहेका बालबालिकाहरुलाई तत्काल संरक्षण, उद्धार, राहत तथा बालबालिकाको हकहितको संरक्षण र सम्बर्धनका लागि यस कोषको स्थापना भएको वडा अध्यक्ष रेग्मीले बताउनुभयो । उहाँले नगरको एकमात्र क बर्गको विद्यालयले यसरी सहयोग गरेकोमा धन्यबाद ज्ञापन गर्नुभयो । १० लाख रकम पुगेपछि त्यसको ब्याजबाट प्राप्त हुने रकमबाट विभिन्न समुदायका विद्यार्थीहरुलाई सहयोग गर्ने कार्यविधि रहेको छ ।
गैँडाकोट नगरपालिका वाड नं. १ का निवर्तमान वडा अध्यक्ष हरिप्रसाद सापकोटाको कार्यकाल वि.सं. २०७५ चैत ९ गते गैँडाकोट १ नगरकै पहिलो बालमैत्री वडा घोषणा भएको थियो । वर्तमान वडा अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मी नेतृत्वको कार्यसमितिले पनि बालमैत्री वडाका विभिन्न कार्यक्रमलाई निरन्तरता दिदै आएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे