२०८२ बैशाख ६, शनिबार
आज दिउसो १२:४० बजेको समयमा चितवनको रत्ननगर नगरपालिका ७ बाघमारामा घाँस काट्न जाने क्रममा गैँडाले दुईजनालाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
गैँडाको आक्रमणबाट रत्ननगर न.पा.७ बस्ने बर्ष ५२ की ठुली तामाङको दाँहिने खुट्टामा र कम्मरमा चोट लागेको छ।
त्यस्तै सोही वडा बस्ने बर्ष ५६ की जानकी महताेकाे दाहिने हात र कम्मरमा चाेट लागेको प्रहरीले बताएको छ। घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरुको अवस्था सामान्य रहेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे