२०८२ बैशाख ६, शनिबार
गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले बिहीबार खड्काको घरमै पुगेर प्रोत्साहन रकमको चेक हस्तान्तरण गरेका हुन् । आफ्नो जन्मभूमिप्रतिको माया र छरछिमेकको सद्भाव विर्सन नसकेर पुनः आफ्नै गाउँ फर्किएको उनले बताए । उनले भने, ‘बसाइँ सरेर गए पनि यहाँको जग्गा बेचेको थिइनँ । बाँझिएको जमिन खनजोत सुरु गरेका छौँ ।’
गाउँ फर्किए लगत्तै घर निर्माण गरेका खड्काले आफ्नो परिवारलाई पुनः स्थापित गराउन गाउँपालिकाले ठूलो सहयोग गरेको बताए । गाउँपालिकाले हरेक वडामा पूर्वाधार निर्माण गरिरहेको छ । ‘अब सुविधाको खोजीमा कोही बसाइँ सरेर अन्यत्र जानुपर्दैन । यसअघि गएकालाई गाउँ फर्क अभियान चलाएका छौँ’, अध्यक्ष बञ्जराले भने ।
पछिल्लो समय सुविधाको खोजीमा बसाइँसराइ गर्नेहरुका कारण बर्सेनि जनङ्ख्या घट्दै जान थालेपछि जिल्लाका अन्य स्थानीय तहले पनि ‘गाउँ फर्क अभियान’ चलाएका छन् । पछिल्लो समय जिल्लाका १० वटै स्थानीय तहले विकासमा फड्को मारे पनि त्यहाँका स्थानीयवासी भने, सुविधाको खोजिमा सहर पस्ने क्रम तीव्र छ । शैक्षिक क्षेत्रको सुधारका लागि सामुदायिक विद्यालयमा ठूल्ठूला भवन निर्माण गरिएका छन् । बसाइँसराइका कारण विद्यार्थी अभाव हुँदा ती विद्यालय भवन प्रयोगविहीन हुने अवस्था छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे