२०८२ बैशाख ९, मंगलबार
तुलसीपुर उपमहानगरपालिकाको मोतीपुरका नारायण आचार्यले घरमै भएको बन्दुकले आफैंलाई गोली चलाएका हुन् । उनको मृत्यु भइसकेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवं एसएसपी जनार्दन जीसीले जानकारी दिए ।
‘लाइन्सेन्सवाला बन्दुकले आज घरमै आफैंमाथि गोली चलाएको पाइएको छ,’ एसएसपी जीसीले भने, ‘गोली लागेर उनको मृत्यु भएको छ ।’
आचार्य रेडक्रस दाङका पूर्वअध्यक्ष हुन् । उनले किन आफैंमाथि गोली चलाए भन्ने खुलेको छैन ।
गोली चलेको जानकारी प्रहरीले आज दिउँसो साढे ३ बजे पाएको थियो । लगत्तै डीएसपी नेतृत्वको एक टोली घटनास्थलमा पुगेको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे