२०८२ बैशाख १०, बुधबार
जिल्लाको रामपुर नगरपालिका-१ काँशीवनस्थित कालिगण्डकी करिडोर सडक खण्डबाट प्रहरीले गाडी, गाडी चालकसहित ११ गोरु नियन्त्रणमा लिएको हो ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा २१ च ८९२८ र प्रदेश २-०३ ००१ च ३३५६ नम्बरको पिकअप गाडीलाई प्रहरीचौकी केलादीबाट खटिएको प्रहरी टोलीले शंका लागि रोकेर चेकजाँच गर्ने क्रममा गोरुसहित गाडी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रहरीले गोरु ओसारपोसार गर्ने चालक मकवानपुर हेटौडा उपमहानगरपालिका- १७ का २८ वर्षीय सिशान थिङ र बारा जितपुरसिमरा उपमहानगरपालिका- २ का २२ वर्षीय महेश भोलानलाई नियन्त्रणमा लिइएको छ ।
गाडी र उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख नरेन्द्र चन्दले जानकारी दिनुभयो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे