२०८२ बैशाख १५, सोमबार
दिउँसो करिब २ बजे धर्मदेवी नगरपालिका-८ सुर्तीबारीमा प्रदेश १ ०२ ००२ च ४१०३ नम्बरको गाडी दुर्घटना हुँदा चालक सहित तीन जना गम्भीर घाइते भएका छन् ।
बोलेर जीप दुर्घटना हुँदा खाँदबारी–९ का ४१ बर्षीय रमेश राई, मकालु गाउँपालिका–५ का २० बर्षीय चालक किरण गुरुङ र पैदलयात्री चैनपुर नगरपालिका–११ का ६६ बर्षीय ढोकरबहादुर पाण्डे घाइते भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।
घाइते भएका तीनै जनाको उद्दार गरेर मनकामना सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरी उपरिक्षक बस्नेतले बताउनुभयो ।
धर्मदेवी –८ स्थित सुर्तीबारीमा पैदलयात्रीलाई ठक्कर दिएर गाडी अनियन्त्रित भएर अरुण नदीमा खसेको थियो ।
दुर्घटना भएको जीप अरुण नदीमा डुबेको र झिक्न सक्ने अवस्था नरहेको प्रहरी उपरीक्षक बस्नेतले बताउनुभयो ।
अरुण नदीमा खसेको जीप निकाल्ने प्रयास भइरहेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे