२०८१ मंसिर ७, शुक्रबार
पीडित पक्षले किटानी जाहेरी दिएपछि प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद थप आदेश लिएको छ ।
सोमबार जिल्ला प्रहरी कार्यालय कावासोती नवलपुरमा किटानी जाहेरी दिएपछि प्रहरीले म्याद थपको आदेश लिएर थप अनुसन्धान प्रक्रिया आगाडि बढाएको छ ।
विद्यालयको कक्षा १२ मा अध्ययनरत एक छात्रालाई शिक्षक कपिल घिमिरेले ‘पोर्न भिडियो’ देखाएर जबर्जस्ती गर्न खोजेको घटना आइतबार बाहिर आएपछि विद्यालयमा तोडफोड भएको थियो ।
आज पिडित पक्षले शिक्षकलाई लिखित रुपमा किटानी जाहेरी दिएपछि प्रहरीले म्याद थपको आदेश लिएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) डिएसपी सन्तोष पाठकले बताए । शिक्षकलाई प्रहरीले आइतबारै नियन्त्रणमा लिएको थियो ।
थप समाचार:
छात्रालाई दुर्व्यवहार गरेको भन्दै गैँडाकोटको जनक मावी तनावग्रस्त
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे