२०८१ मंसिर ७, शुक्रबार
तनहुँ जिल्ला अदालतका श्रेष्तेदार मिन बहादुर कुँवरका अनुसार पीडित बालिकाका बुवाले पनि छोरीमाथि बलात्कार नभएको तर विभिन्न व्यक्ति तथा संस्थाको उक्साहटमा जाहेरी दिएको होस्टाइल बयान दिएका छन् ।
उनले आफूलाई प्रलोभनमा पारेर जाहेरी दिन लगाएको पनि बताएका छन् ।
यसअघि पीडित नाबालिगले पनि अदालतमा बकपत्र गर्ने क्रममा आफूले विभिन्न व्यक्तिहरुको उक्साहटमा जाहेरी दिएको तर आफूमाथि करणी नभएको बयान दिएकी थिइन् ।
तर जाहेरी दिने क्रममा भने पीडित बालिका र जाहेरवालाले विभिन्न मिति र समयमा तनहुँ, नवलपुर र कास्की जिल्लामा जबरजस्ती करणी भएको उल्लेख गरेका थिए । उनीहरुले मिति र समयसमेत उल्लेख गरी जबरजस्ती करणीको जाहेरी दिएका थिए ।
गत फागुन ११ गते जाहेरी परेपछि फागुन १५ गते पल शाहले तनहुँ प्रहरी पुगेर आत्मसमर्पण गरेका थिए । त्यसलगत्तै अनुसन्धान सुरु गरेको प्रहरीले सरकारी वकिलमार्फत् नवलपुर र तनहुँ जिल्ला अदालतमा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो ।
अदालतमा मुद्दा दायर भएपछि तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतले दुवैले तत्काल प्राप्त प्रमाणबाट कसुरदार होइनन् भन्न सकिएन भन्दै पुर्पक्षका लाथि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशपछि शाह हाल तनहुँ कारागारमा बसेर मुद्दाको पुर्पक्ष गरिरहेका छन् ।
पीडित भनिएकी नाबालिग र जाहेरवाला अर्थात् पीडितका बुवाले समेत पहिले दिएको जाहेरीलाई नै खण्डन गर्ने गरी होस्टाइल बयान दिएसँगै अभिनेता शाहलाई केही राहत मिलेको अनुमान गरिएको छ । यद्यपि पीडित र पीडित परिवारले होस्टाइल भएर बयान दिँदैमा अन्य प्रमाणबाट बलात्कार पुष्टी हुने आधार देखिएको अवस्थामा भने अदालतले कसुर ठहर गर्न सक्नेछ । रातोपाटीबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे