२०८१ मंसिर १०, सोमबार
वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनको तयारीको लागि पुन: मेयरमा उम्मेदवारी दिनका लागि राजिनामा दिन लागेको नवलपुर अनलाइनलाई बताउनुभयो।
गैँडाकोट एमालेबाट नगर प्रमुख पदमा उम्मेदवारी टुङ्गो लागि नसकेपनि मैले पुन: नगर प्रमुखमा उम्मेदवारी दिने निर्णय लिएको हुँ पौडेलले बताउनुभयो।
मेयर पौडेलले आफ्नो कार्यकाल सकिनु भन्दा करिव एक महिनाअघि पदबाट राजीनामा दिने जानकारी गराउनुभयो।
त्यस्तै पुन: जनप्रतिनिधिको रूपमा उम्मेदवारी दिन आजै वडा नं. १ का वडासदस्य राजेन्द्र प्रसाद उपाध्याय , वडा नं. २ का वडा सदस्य प्रकाश सापकोटा र वडा नं. ४ का वडाध्यक्ष कृष्ण प्रसाद न्यौपाने सहित ३ जनाले मेयर छत्रराज पौडेल समक्ष राजिनामा बुझाउनुभएको नगरपालिकाले जनाएको छ।
आयोगले लागू गरेको आचारसंहितामा निर्वाचित जनप्रतिनिधिले आगामी निर्वाचनमा उम्मेदवार हुन चाहेमा राजीनामा दिनुपर्ने व्यवस्था रहेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे