२०८१ मंसिर ९, आईतबार
बैशाख २४ गते दुई चरणमा र २५ गते दुई चरण गरि दुई दिनसम्म चलेको तालिममा २९९ मतदान अधिकृत, २९९ सहायक मतदान अधिकृत र जगेडा २० जना मतदान अधिकृतलाई तालिम दिईएको जिल्ला निर्वाचन अधिकारी लाल प्रसाद शर्माले नवलपुर अनलाईनलाई बताउनुभयो।
तालिममा मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारको क्षेत्र, मतपेटिका राख्ने ठाँउ, रूजु गर्ने तथा मतदान केन्द्र निर्माण गर्ने तरिका, कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता लगायतका बिषयमा तालिम दिईएको थियो।
नवलपुर जिल्लामा ११३ मतदानस्थल र २९९ मतदानकेन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिईएको हो।
निर्वाचनमा खटिएर गईसकेपछि निष्पक्ष तरिकाले कसरी काम गर्ने वातावरण मिलाउने भन्ने बिषयमा तालिम दिईएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले बताउनुभयो।
नमुना मतदान अभ्यास पेटिका अनुसार मतदान केन्द्रमा पुग्नुअघि र पुगिसकेपछि गर्नुपर्ने काम, मतदातालाई भोट हाल्ने तरिका, सुरू देखि अन्तिमसम्म मतगणना, कस्ता व्यक्तिले भोट हाल्न पाउने-नपाउने बिषयमा जिल्ला निर्वाचन अधिकारी लाल प्रसाद शर्मा भुषालले जानकारी दिनुभएको हो।
तालिमको सहजीकरण मुख्य निर्वाचन अधिकृत अधिकारी, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, जिल्ला निर्वाचन अधिकारी लाल प्रसाद शर्मा, नवलपुर प्रहरी प्रमुख, प्रहरी उपरीक्षक प्रज्वल महर्जन लगायतले गर्नुभएको थियो। दुई दिन सम्म चलेको तालीम कावासोती खानेपानीको सभाहलमा सम्पन्न भएको हो।
तालिम लिईसकेका कर्मचारीलाई बैशाख २७ गते नियुक्ति पत्र दिईने छ। सोही दिनै मतदान केन्द्रका लागि आवश्यक पर्ने सम्पूर्ण निर्वाचन सामग्री सहित सम्बन्धित मतदान केन्द्रमा कर्मचारी परिचालन गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले बताउनुभयो। मतदान अधिकृतलाई जिम्मा लगाउने सम्पूर्ण निर्वाचन सामग्री प्याकिङ्ग गरेर तयारी अवस्थामा छ जिल्ला निर्वाचन अधिकारी भुषाल बताउनुहुन्छ।
नवलपुरमा ४ नगरपालिका र ४ गाउँपालिका रहेका छन्। जिल्लामा २ लाख ३३ हजार ९५ जना मतदाता संख्या रहेको छ। जसमा महिला १ लाख २३ हजार ५४० र पुरूष १ लाख ९ हजार ५५१ रहेका छन् भने ४ जना अन्य मतदाता रहेका छन्।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे