२०८१ मंसिर ८, शनिबार
वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले कोरिया जानका लागि आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा जेठ १९ देखि असार ३ सम्म सञ्चालन गर्ने बताएको छ ।
वैशाख २६ देखि सञ्चालन गर्ने भनिए पनि स्थानीय तहको निर्वाचनका कारण स्थगन गरिएको थियो।
सार्वजनिक बिदाका दिनबाहेक अन्य दिन दैनिक तीन सिफ्टमा छ सय जनाको दरले परीक्षा दिन सक्ने गरी व्यवस्था मिलाइएको ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी दिनुभयो ।
परीक्षाको बाहिरी व्यवस्थापन ईपीएस शाखाले गरे पनि परीक्षा लिने काम कोरियाको मानव संसाधन विभाग (एचआरडी)ले गर्नेछ। ईपीएस शाखाका अनुसार सन् २०२२ मा नौ हजार सन् २०२२ का कृषि तथा पशुपालन क्षेत्रमा दुई हजार ७४१ र उत्पादनमूलक क्षेत्रमा छ हजार ९१३ नेपाली लैजाने गरी नौ हजार ६५४ जनाका लागि आवेदन माग आएकामा करिब ४४ हजारको आवेदन परेको छ ।
सन् २००८ देखि बर्सेनि सञ्चालन हुँदै आएको ईपीएसअन्तर्गत हालसम्म ७७ हजार नेपाली कोरिया प्रवेश गरिसकेका छन् । त्यसमध्ये हाल ३५ हजार नेपाली कोरियाका विभिन्न साना तथा मझौला उद्योगमा कार्यरत छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे