२०८१ फागुन २६, सोमबार
मुस्ताङको मानापाथी हिमालको फेदी स्थित थासाङ गाउँपालिका–२ न्याउरिकोटको ल्याङके खोलाको मुहानमा छरपस्ट अवस्थामा विमानको पाटपुर्जाहरु भेटिएको मध्यकमाण्ड हेडक्वाटर पोखराका कमाण्डपति उपरथी बाबुराम श्रेष्ठले जानकारी दिनुभयो । उद्धारमा खटिएका नेपाली सेनाको टोलीले विमान फेलापारेको जानकारी दिएको हो । यता तत्कालै त्यस क्षेत्रमा सेनाको हेलिकप्टर जाने तयारी भएको मौसमले साथदिए यात्रुहरुको मृतशरीर पोखरा ल्याउने तयारी भएको सेनाले जनाएको छ ।
आइतबार विहान विहान ९ः५५ बजे जहाज जोमसोम विमानस्थल अवतरणका लागि उडेपनि पुग्न नपाउदै सम्पर्क विहिन भएको थियो । विकट र उच्चक्षेत्रमा विमान दुर्घटनामा परेको र ठुलो आवाज आएको स्थानीयबासीहरुले जानकारी गराएपछि त्यस क्षेत्रमा आइतबारदेखिनै खोजी कार्यतिव्र बनाइएको थियो । विमानमा दुई जर्मनी नागरिक, चार भारतीय नागरीक, १३ नेपाली नागरिक र तीन चालकदल सहित २२ जना रहेका छन् । गोरखापत्रबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे