२०८१ मंसिर ९, आईतबार
सोमबार नवलपुर क्षेत्र नंं २ का प्रतिनिधिसभा सांसद तिलक महतले शाखा कार्यालयको उद्घाटन गर्नुभएको हो ।
यसअघि गण्डकी प्रदेशको कास्कीको पोखरा र बागलुङको बुर्तिबाङमा बैंकका शाखा सञ्चालनमा छन् ।
सो अवसरमा बोल्दै सांसद महतले अझै पनि ग्रामीण क्षेत्र र विपन्न समुदायमा बैंक तथा वित्तीय संस्थाको पहुंच पुग्न बांकी रहेकाले शाखा विस्तारसँगै स्थानीय स्तरमा वित्तीय सेवाको पहुँच थप बिस्तार हुने बताउनुभयो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बागमती प्रदेशको काठमाडाैँमा ५ स्थानसहित लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका ८४ स्थानमा शाखा कार्यालय सञ्चालनमा रहेका जानकारी गराउंदै बैंकले स्थानीयको माग र आवश्यकताका आधारमा बैंकिङ सेवा प्रदान गर्ने बताउनुभयो ।
बैंकका अध्यक्ष थानेश्वर पौडेलले काठमाडौं बाहिर केन्द्रीय कार्यालय रहेको लुम्बिनी प्रदेशको राष्ट्रियस्तरको विकास बैंक शाइन रेसुंगा मात्र भएको बताउनुभयो ।
बैंकका लुम्बिनी प्रदेशमा मात्रै ७१ वटा शाखा सञ्चालनमा छन् भने संघीय राजधानी काठमाडौंमा ५ वटा शाखा कार्यालय सञ्चालनमा छन्
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे